सञ्चारकर्मीलाई उच्च सतर्कता अपनाउन अनुरोध - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 May 2020

सञ्चारकर्मीलाई उच्च सतर्कता अपनाउन अनुरोध

कैलाली, ५ जेठ : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सञ्चारकर्मीले समाचार सङकलनका क्रममा अहिलेको अवस्थालाई ध्यान दिएर उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

सुदूरपश्चिममा पछिल्लो समय भारतबाट आउने नेपाली दिन प्रतिदिन बढ्न थालेपछि प्रदेश कोरोना भाइरसको उच्च जोखिममा रहेकोले सावधानी अपनाउन अनुरोध गरिएको महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रदेशमा कोरोना सङक्रमित निको भएर सङख्या शून्य भएपनि छिमेकी जिल्ला लगायत देशका अन्य ठाउँमा बढ्दै गईरहेकाले कार्यस्थलमा खटेर समाचार सम्प्रेषण गर्दै आएका पत्रकारलाई सावधानी अपनाउन आग्रह गरिएको हो । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.