काठमाडौँ, ३ जेठ : एराेमा अर्गनाईजेसन अफ नेपालले आज सुरक्षाकर्मीलाई मास्क वितरण गरेकाे छ । संस्थाले एक हजार जना ट्राफिक प्रहरी, नेपाल प्रहरी र सस्त्र प्रहरीमा कार्यरत सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरेकाे हाे ।
एराेमा नेपालले सितापाइला, स्वयभू, बनस्थली, बालाजु, चावहिल, नयाँ बानेश्वर, थापाथली, लगायतका क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई ५०० थान सेनिटाइजर र ५० बट्टा मास्क वितरण गरेकाे संस्थाका सह अध्यक्ष सानुकाजी श्रेष्ठले जानकारी दिनुभयो।
यस संस्थाले हेल्प फर हेल्थ भन्ने नाराकासाथ विभिन्न सामाजिक सेवामा सहयाेग गर्दै आएकाे छ ।


No comments:
Post a Comment