झोलुङ्गे पुलमा तालापछि... - pharaksandesh.com

मुख्य समाचार


Thursday, 7 May 2020

झोलुङ्गे पुलमा तालापछि...

राजापुर, २५ वैशाख : बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको छ । मुख्य बाटो बन्द हुँदा बारीमा लटरम्म फलेका भिन्डी, काँक्रो, करेला, बोडीलगायत तरकारी बिक्री गर्न नपाइएको किसानको गुनासो छ । 

याममा बजारसम्म तरकारी पु¥याउने मुख्य बाटो बन्द भएपछि तरकारी खेतबारीमै कुहिन थालेको छ. । अधिकांश गाउँमा तरकारी लटरम्म फलेका छन् । तरकारी बिक्री हुने हाट बजार पनि बन्द भएको र पुलको वरिपरि जाली बाँधेर ताला लगाइएपछि काँक्रा, फर्सी, बन्दा, काउली आदि टिपेर खेतकै गह्रागह्रामा थुपार्नुपरेको बारबर्दिया –४ का किसान फक्लबहादुर सत्गौलाले बताउनुभयो ।

एक बिघा आठ कठ्ठा जमीन भाडामा लिएर बेमौसमी तरकारी खेती गर्नुभएका सत्गौलाले तरकारी बिक्री नहुँदा मारमा परेको बताउनुभयो । सरकारले अत्यावश्यक वस्तुको निर्बाध आपूर्ति गर्ने व्यवस्था गरिने भने पनि झोलुङ्गे पुलमा ताला लगाइएपछि बेमौसमी तरकारी उत्पादक किसानले व्यापार गर्न पाएका छैनन् । मधुवन खुला सिमानासँंग जोडिएकाले मानिसको आवतजावत बढेको जनाउँदै गत चैत १९ गतेदेखि झोलुङ्गे पुलमा ताला लगाइएको हो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.