अफगानिस्तानमा वकीलहरुको हत्या, अन्तर–अफगान वार्ताका लागि खलिलजादको आह्वान - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 June 2020

अफगानिस्तानमा वकीलहरुको हत्या, अन्तर–अफगान वार्ताका लागि खलिलजादको आह्वान

काबुल, ९ असार : अफगान मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले अफगानी महान्यायाधीवक्ता कार्यालयका वकीलहरुको हत्याको भत्र्सना गर्दै उक्त हत्याकाण्डको छानबिन गर्न आग्रह गर्नु भएको छ । 

ती वकीलहरु सोमबार गरिएको आतंकवादी आक्रमणमा मारिएका थिए । 

खलिलजादले अफगान कारागारबाट कैदीबन्दी मुक्त गर्ने कार्यमा कागजी प्रक्रियामा संलग्न रहेका महान्यायाधीवक्ता कार्यालयका वकील र टोलीका अन्य सदस्यहरुको हत्या अत्यन्त अमानवीय रहेको बताउँदै अमेरिकी सरकारले उक्त हत्याकाण्डको भत्र्सना गरेको जानकारी दिनुभयो । 

उहाँले ट्वीट गर्दै भन्नुभएको छ, “शान्तिका विरोधीहरुले उक्त आक्रमण गरी पाँच जनाको ज्यान लिएका छन् ।” अर्को ट्वीटमा उहाँले अगाडि भन्नुभयो, “यस आक्रमणले एउटै कुरा स्थापित गर्न खोजेको छः देशी विदेशी दुवै तत्वले अफगानिस्तानमा अस्थिरता र शान्ति प्रक्रियामा ढिलाई चाहेका छन् ।”

सोमबार भएको उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । 

यसैबीच, उहाँले तालिबान र अफगान सरकार दुवैलाई अन्तर–अफगान वार्ताका लागि आवश्यक कदम चाल्न पुनः आह्वान गर्नु भएको छ । 

विशेष प्रतिनिधि खलिलजादले वार्ता मार्फत जतिसक्दो चाँडो विस्तृत शान्ति सम्झौता गर्न र राजनीतिक समाधान निकाल्न आग्रह गर्नु भएको छ । उहाँले भन्नुभएको छ, “यही नै अफगान जनताले चाहेका छन् र हामी उनीहरुको चाहनामा एकमत छौं ।”(रासस–एएनआई)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.