आइसोलेशनमा उपचार गराइएका संक्रमितको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 June 2020

आइसोलेशनमा उपचार गराइएका संक्रमितको मृत्यु

सुर्खेत, ९ असार : कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेशनमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैलेखको दुल्लुु नगरपालिका वडा नं ३ का ४५ वर्षिय पुुरुषको कोरोना संक्रमणका कारण मंगलबार मृत्यु भएको अस्पतालले पुुष्टी गरेको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले कोरोना संक्रमणका कारण उहाँको मृत्यु भएको पुुष्टी गर्नुभयो । मृत्तक पुुरुषले क्षयरोगका बिरामी हुनुहुन्थ्यो । उहाँले दुुईअढाई वर्षदेखि क्षयरोगको औषधि सेवन गर्दै आउनु भएकाे थियाे । डा. पौडेलले मृत्तक असार ३ गते उपचारका लागि दैलेखबाट आएको जानकारी दिनुुभयो ।

दैलेखबाट आएको भोलिपल्टै उहाँको कोरोना परीक्षण गरिएको थियो । रिर्पोट पोजेटिभ आएपछि उहाँलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उहाँलाई कसरी कोरोना संक्रमण भयो भन्ने खुलेको छैन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.