![]() |
| भगिरथ पौडेल |
१ः
तिमी बिना बाँचु आमा कसोरी ।
एक्लै बसी हाँसु आमा कसोरी ।
छिमेकि ले अस्मिता नै लुटाए ।
हेरी हेरी नाचु आमा कसोरी ।
२ः
हिरा मोती पोतियका अनन्त
सन्जिवनी कस्तुरिती ज्वलन्त ।
लुटी लाँदा हेरुँ आमा कसोरी ।
मैले स्वास फेरुँ आमा कसोरी ।
३ः
तल्लो घर्ले आँठो मिची रहँदा ।
टुलु टुलु हेरुँ आमा कसोरी ।
माथिल्लोले साथ दिने होहैन ।
बेरामिछु घेरुँ आमा कसोरी ।
४ः
निर्दो भाछु छैन रत्ति मलाई ।
मोरेरैनी गर्छु तिम्रो भलाई ।
प्यारी आमा बिर्सु मैले कसोरी ।
अँणु बम्को बर्षा बर्षे जसोरी ।
५ :
बैरी सँग लड्ने उर्जा दिएहै ।
लड्छु आजै सञ्जिबनी पिएँहै ।

No comments:
Post a Comment