भारतद्वारा चीनसँग सम्बन्धित ५९ मोबाइल एप्लिकेशनमाथि प्रतिबन्ध - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 30 June 2020

भारतद्वारा चीनसँग सम्बन्धित ५९ मोबाइल एप्लिकेशनमाथि प्रतिबन्ध

काठमाडौँ, १६ असार : भारतले चीनसँग सम्बन्धित ५९ वटा ‘मोबाइल एप्लीकेशन’माथि प्रतिबन्ध लगाएको छ । भारत र चिनियाँ सेनाबीच लद्दाख र चीन जोड्ने सीमा क्षेत्र ‘लाइन अफ एक्च्युल कन्ट्रोल’मा हिंसात्मक झडप भएको दुई सातापछि भारतले चीनसँग सम्बन्धित ‘टिकटक, शेयर इट’सहितका ५९ वटा मोबाइल एप्लिकेशनमाथि प्रतिबन्ध लगाएको हो ।

भारतको सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि ऐन, २००९ को अनुच्छेद ६९ ‘ए’को अधिकार प्रयोग गरी उक्त निर्णय गरेको छ । उक्त अनुच्छेदले सर्वसाधारणले सूचना प्राप्त गर्न प्रयोग गर्ने विधि र सुरक्षाका उपाय सम्बन्धी व्यवस्था गरेको छ । सार्वभौमिकता, अखण्डता, भारतको सुरक्षा, राज्यको सुरक्षा र जन आदेशसँग सम्बन्धित रहेकोले सोमबार प्रतिबन्ध लगाउने निर्णय गरिएको भारत सरकारले सोमबार साँझ आदेश जारी गर्दै जानकारी गराएको हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

प्रतिबन्ध लगाइएका मोबाइल एप्लिकेशनमा टिकटक, शेयर इट, वी च्याट, वेइबो, क्वै, युसी ब्राउजर, शैन, क्लेश अफ किङ्ग, डीयू बैटरी सेभर, हेलो, लाइकी, भाइरस क्लिनर, सी एम ब्राउजर, रोम्वे, क्लब फैक्ट्रीलगायत छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.