गण्डकीमा १७ सङ्क्रमित थपिए, कुल सङ्ख्या ९६६ पुग्याे - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 30 June 2020

गण्डकीमा १७ सङ्क्रमित थपिए, कुल सङ्ख्या ९६६ पुग्याे

पोखरा, १६ असार  : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा मङ्गलबार पोखरामा सातसहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित १७ जना थपिएसँगै कुल सङ्ख्या ९६६ पुगेको हो ।

तनहुँको ब्यास नगरपालिकाका तीन पुरुष र दुई महिला, स्याङ्जाको पुतलीबजारका एक पुरुष, लमजुङको बेँसीसहर नगरपालिका, मध्य नेपाल गाउँपालिका र मर्स्यांङ्दी गाउँपालिकाका १/१ महिलामा कोरोना पुष्टि भएको छ ।

यसैगरी, कास्कीको मादी गाउँपालिकाका एक पुरुष, पोखरा महानगरपालिकाका छ पुरुष र एक महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबै व्यक्तिहरूलाई सम्बन्धित जिल्लाहरूमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २१४ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाले दुई पुरुषको मृत्यु भएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.