नबोल्दा पनि घोसे बोल्दा पनि चोसे भन्छन् ,
त्यसैले कहिले बोल्न मन लाग्छ तथानाम यहाँ।
नियम नै तोडेर रंग फेर्ने त मान्छेहरु हुन्,
जातैले पाको छेपारो त त्यसै बदनाम छन् यहाँ।
नचलाई नै परै बस्दा पनि डस्न भ्याउँछन् मान्छे,
के गर्थे कुन्नी सर्पले झैँ ढाडमा नै प्रहार पाउँदा यहाँ।
उसको त धर्म नै हो दूध खाए पनि विष ओकल्छ,
अमृतको ढकनीले छोपी जहर पिलाउने त मान्छे हुन् यहाँ।
करेसोमा बाँधिएर घरको रेखदेख गर्ने पुस्ता उसको,
अहिले धुरिमा बसि छिमेकिको करेसोमा हग्छ,
संस्कार छुट्यो यहाँ।
सुरक्षित छ धुरीमा तस्कर देख्दैन कस्लाई भुकोस उ?
भुक्ने प्रथा नहराओस भनेर जुटेका छन् मान्छे यहाँ।
बरु आफ्नै परिश्रममा बाँच्थ्यो बिरालो,
जत्ती पाए पनि म्याउँ म्याउँ गर्ने त मान्छे हो।
मुसा खाई जोगाई दिन्थ्यो धानको भकारी,
आपतै नपरीकन उसले गर्थेन चाकडी।
मान्छे, मान्छे नै रहन नसके पछि गरोस पनि के?
सिक्ने त हो नि बन्न उ भन्दा असल अरु छ जे।
हे प्रिय मान्छेहरु हो,
मान्छेको गुण बिर्सेर कम्तिमा जे बन्न खोजेका छौ,
त्यस्को भने संरचना खराब नगर्नु है तिमी।

No comments:
Post a Comment