खै त हामी मिलेको : शोभा काफ्ले खतिवडा - pharaksandesh.com

मुख्य समाचार


Sunday, 21 June 2020

खै त हामी मिलेको : शोभा काफ्ले खतिवडा

कहिले गीत गाउँथ्यौँ हामी गाउँछ गीत भनि !
झण्डा रातो बोकी भन्थौ देश प्यारो भनि !
तर आज मनमा सबको सत्ता हावी भयो!
आफ्नाले नै आफ्नालाई विरोध गर्ने पन बस्यो !!


देशकालागि हैन हामी सत्ताकालागि लड्छौँ !!
हिमाल ,पाहाड ,तराइका सन्तान असल भन्छौँ!!


मेची काली देशको सिमा हिमाल गौरव भनि !
तराई हाम्रो अन्न भण्डार गर्थ्यौ पौरख मिली !!


हिमाल जस्तो हाम्रो छाती कुखुरे भयो किन ?
नेपालीका सत्रु पनि नेपाली बने खै किन ?
अरुलाई मिलौँ भनि अर्ति कति दिन्छौ हामी !
आफु भने आफ्नैसित मिल्दैनौ रत्ति भर पनि !

मनका भाव रेटिएर रुन्छ खै यो मन किन!
आफु आफु लडी देशलाई पिडा दिन्छौँ किन ?
कहिले देशकोलागि हामी लड्ने अरुसित ?
आँफ्नैसित आफ्ना लडे बन्छ देंश कुन दिन ?


शान्ति बार्ता गर्न जाऊँ घुश नखाऊँ कोही पनि !
देशको माटो छोई कसम खाऊँ है सबै अनि !!

पौरखले सजाऊँ धर्ती बसौ मिली जुली हामी !
हामी सारा नेपाली एकमत बनाऊँ देशमा अनि !!


शुभा

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.