कोरोना भाइरसबाट भारतमा १६ हजार ८९३ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 30 June 2020

कोरोना भाइरसबाट भारतमा १६ हजार ८९३ जनाको मृत्यु

नयाँदिल्ली, १६ असार : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८९३ पुगेका स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । । 

भारतमा दैनिक हजारौको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ६६ हजार ८४० पुगेको पनि सो मन्त्रालयले जनाइएको छ । गत २४ घण्टामा भारतमा १८ हजार ५२२ जना कोरोना भाइरस संक्रमित भएका छन् । 

देशभरी अहिले २ लाख १५ हजार १२५ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख ३४ हजार ८२२ पुगेको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या सवैभन्दा धेरै रहेको छ । महाराष्ट्रपछि केन्द्रिय राजधानी समेत रहेको दिल्ली कोरोना प्रभावित राज्यको रुपमा रहेको छ ।(रासस/सिन्हवा)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.