श्रीमतीको हत्याका आरोपीद्धारा दुई बहिनीको हत्या - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 30 June 2020

श्रीमतीको हत्याका आरोपीद्धारा दुई बहिनीको हत्या

हैदराबाद, १६ असार : भारतको हैदराबादमा एकजना व्यक्तिले घरमा परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन् । उनले हतियार प्रहार गरी पविारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा परी उनका दुई जना बहिनीको ज्यान गएको बताइएको छ । 

उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको हत्याको आरोप छ । श्रीमतीको हत्याको आरोपमा उनी पक्राउ पनि परेका थिए । उनी पछि धरौटीमा रिहा भएका थिए । त्यसपछि घरमै रहेका उनले सोमबार परिवारका सदस्यहरुको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । 

प्रहरीले घरका चार जना सदस्यमाथि हतियार प्रहार गरेका र त्यस आक्रमणबाट उनका दुई जना बहिनीको ज्यान गएको बताएको छ । अहमद बिन सलाम बा इस्माइल नाम गरेका ती व्यक्तिले सोमबार साँझ परिवारका सदस्यमाथि धारिलो हतियारले हमला गरेका थिए । 

प्रहरीले बताएअनुसार परिवारका तीनजना लाई घरमै हतियार प्रहार गरेपछि अर्की बहिनी बस्ने घरमा पुगेर उनलाई पनि आक्रमण गरेको बताएको छ । प्रहरीका अनुसार दुई बहिनीको ज्यान गएको छ भने परिवारका अरु सदस्यहरुको अवस्था गम्भीर रहेको छ । 

उनले सो हत्याको योजना के कति कारणले बनाएका हुन् भन्ने बारेमा भने केही थाहा नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।(रासस/एएनआई) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.