गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 24 June 2020

गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित

पोखरा, १० असार : गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधबार ६ महिलासहित पुष्टि भएका ३२ सँगै गण्डकीमा संक्रमितको संख्या ७ सय २९ पुगेको छ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदबिन्दु शर्माले विज्ञप्तिमार्फत जानकाी दिनुभयो ।

नयाँ संक्रमित लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, बागलुङमा ९, तनहुँमा १ र नवलपरासी पूर्वमा १ जना रहेका छन्। गण्डकी प्रदेशमा हालसम्म ७० जना संक्रमित निको भएर घर फर्किएका छन् भने एकको मृत्यु भएको छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.