नेकपा स्थायी समिति बैठक सुरु, एमसीसी, कोरोनालगायतका विषयमा छलफल हुँदै - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 24 June 2020

नेकपा स्थायी समिति बैठक सुरु, एमसीसी, कोरोनालगायतका विषयमा छलफल हुँदै

काठमाडौँ, १० असार : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको पाँचौँ बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । 

बैठकमा मुलुकको वर्तमान परिस्थितिका सम्बन्धमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राख्नुभएपछि तय गरिएका बाँकी कार्यसूचीहरुमा छलफल हुने नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
बैठकमा सरकारका काम कारबाही, विशेष गरी कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भएका काम कारबाहीका विषयमा छलफल हुनुका साथै नेपालको सीमा समस्या र समाधानका उपायलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

त्यस्तै, पार्टी एकताका बाँकी काम पूरा गर्ने तथा एमसीसीका विषयमा पनि छलफल हुने थापाले बताउनुभयो । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.