डाेटीमा ३४ जना कोरोना सङ्क्रमित निकाे भए - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 24 June 2020

डाेटीमा ३४ जना कोरोना सङ्क्रमित निकाे भए

दिलबहादुर सिंह
डोटी, १० असार : डोटी जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका १४० जनामध्ये ३४ जनालाई डिस्चार्ज गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीका अनुसार कोरोना सङ्क्रमण पुष्टि भई जिल्लाका विभिन्न स्थानमा तयार पारिएका आइसोलेसनमा बस्दैआएका चार महिला र ३० पुरुष गरी ३४ जनालाई डिस्चार्ज गरिएको छ ।

डिस्चार्ज गरिएकाहरूमध्येमा डोटीको दिपायल सिलगढी नगरपालिका दुई पुरुष, शिखर नगरपालिकाका एक महिला र १७ पुरुष, पुर्वाचौकी गाँउपालिकाका एक महिलासहित पाँच पुरुषलाई डिस्चार्ज गरिएको छ । त्यस्तै बडीकेदार गाँउपालिकाका तीन पुरुष, जोरायल गाँउपालिकाका एक महिला, एक पुरुष र सायल गाँउपालिकाका एक महिला दुई पुरुषलाई डिस्चार्ज गरिएको हो ।

हालसम्म जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा मात्र कोरोना सङ्क्रमित देखिएका छैनन् । जिल्लाका विभिन्न स्थानीय तहहरूमा स्थापना गरिएका आइसोलेसनहरूमा १९ महिला र ८७ जना कोरोना सङ्क्रमित पुरुषको उपचार भइरहेको बताइएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.