दाङमा दश हजार घर फिर्ता - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 30 June 2020

दाङमा दश हजार घर फिर्ता

नारायणपुर, १६ असार : दाङमा क्वारेन्टिनमा बस्नेहरुको सङ्ख्यामा कमी आएको छ । भारत तथा अन्य जिल्लाबाट आएका कूल ११ हजार ६९४ क्वोरन्टिनमा बसेकामा झण्डै दश हजार घर फर्केका छन् भने पाँच सय सङ्क्रमित भएर आइसोलेशनमा छन् । बाँकी एक हजार ५६८ जना मात्रै क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कमल चन्दले जानकारी दिनुभयो । 

जिल्लामा क्वारेन्टिनमा रहेकामध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ४५६ जना छन् । तुलसीपुर उपमहानगरपालिकामा १७३ र लमही नगरपालिकामा ४४ तथा गाउँपालिका राजपुरमा ६९, राप्तीमा ३२५, शान्तिनगरमा ७६, बंगलाचुलीमा ४३, गढवामा १२६, बबईमा १६४ र दंगीशरणमा ९२बाँकी छन् । 

दाङमा अहिलेसम्म जाँच गरिएकामध्ये आठ हजार ९५७ जनाको नतिजा नेगेटिभ र ५६२ जनाको पोजेटिभ आएको छ । अहिलेसम्म कूल नौ हजार ५१९ जनाको पिसिआर जाँच गरिएको तथा तीन हजार २९३ जनाको आरडिटी गरिएको थियो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.