निगमका सात चालक दलका सदस्यमा कोभिड–१९ सङ्क्रमण - pharaksandesh.com

मुख्य समाचार


Monday, 6 July 2020

निगमका सात चालक दलका सदस्यमा कोभिड–१९ सङ्क्रमण

काठमाडौँ, २२ असार : नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका सात उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । 

चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ । अन्य सात सम्बधित क्रु मेम्बरको पुष्टि हुन बाँकी रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । 

निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टिनमा बसेका थिए । निर्धारित उडान सकेर क्वारेन्टिनबाट घर पठाउने क्रममा पीसीआर परीक्षण गर्दा सात जना क्रु मेम्बरलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको निगमले जनाएको छ । उनीहरुको उपचारसम्बन्धी आवश्यक व्यवस्था निगम व्यवस्थापनले गरिरहेको र थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत सञ्चालन हुने निगमले स्पष्ट गरेको छ ।

निगमले उद्धार उडानमा सम्मिलित चालक दलका सदस्य एवं अन्य उडान कर्मचारीका लागि आवश्यक निर्धारित मापदण्डअनुसारको जिम्मेवारी पूरा गर्दै आएको पनि उल्लेख गरेको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.