बालिका हत्या अभियोगमा एक पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Monday, 6 July 2020

बालिका हत्या अभियोगमा एक पक्राउ

जनकपुरधाम, २२ असार : धनुषामा एक बालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । 

जनकपुर उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चनकुमारी पजियारको बलात्कार र हत्याको सो अभियोगमा भारतको उत्तर प्रदेशको मलिहाबाद जिल्लाको काकोरी बस्ने ३२ वर्षीय दिपु सिंहलाई जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको हो । पक्राउ परेका सिंह सोही ठाउँस्थित मिश्र र चौधरीको उद्योगमा विगत चार पाँच महिनादेखि कार्यरत रहेका छन् । 

यही असार १७ गते भैंसी चराउन गएकी कञ्चनलाई आँप दिने बहानामा सिंहले ललाइफकाई लगेर बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी गराउनुभयो । सो उद्योगको पछाडिको भागमा अवस्थित आँपको बगैँचामा बलात्कार गरी हत्या गरेको सिंहले स्वीकार गरेको बताइएको छ । 

असार १७ गते बेपत्ता भएकी कञ्चनको शव असार १९ गते शुक्रबार दुधमती नदीको किनारमा शव फेलापरेको थियो । सो शवका साथै एक थान कम्बल पनि प्रहरीले बरामद गरेको थियो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.