नयाँ सङ्क्रमित २३२ जना थपिए, कुल सङ्क्रमित १५ हजार ४९१ - pharaksandesh.com

मुख्य समाचार


Saturday, 4 July 2020

नयाँ सङ्क्रमित २३२ जना थपिए, कुल सङ्क्रमित १५ हजार ४९१

काठमाडौँ, २० असार : कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरि कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
यससँगै देशभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ जना पुगेको छ । शुक्रबारसम्म सङक्रमितको सङ्ख्या १५ हजार २५९ रहेको थियो ।

हालसम्म कोरोनाभाइरसका सङ्क्रमित छ हजार ४१५ जना मुक्त भई घर फर्केका छन् । कोरोनाभाइरसका नौ हजार ४२ जना सङ्क्रमित हाल आइसलोसनमा छन् । मन्त्रालयका अनुसार देशभरि ३३ हजार १२५ जना हाल क्वारेन्टीनमा छन् । पछिल्लो चौबिस घण्टामा २७२ जना कोरोना सङ्क्रमित आइसोलेशन अवधि पुरा गरेर उपचारपछि घर फर्केका छन् ।

पछिल्लो चौबिस घण्टामा चार हजार ५० जनामा आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा प्रति दश लाखमा परीक्षण दर भारत, अफगानिस्तान, श्रीलङ्का र पाकिस्तानभन्दा उच्च रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.