उपत्यकामा ३० सहित थप २९३ संक्रमित, कुल १५ हजार ७८४ - pharaksandesh.com

मुख्य समाचार


Sunday, 5 July 2020

उपत्यकामा ३० सहित थप २९३ संक्रमित, कुल १५ हजार ७८४

काठमाडौं, २१  असार : पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छन् । योसँगै कुल संक्रमित १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

यस्तै काठमाडौं उपत्यकामा संक्रमित संख्या ३० पुगेको छ । काठमाडौं जिल्लामा २७, ललितपुरमा दुई र भक्तपुरमा एकजना संक्रमित भएका छन् ।

क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एकहजार २०३ जना रहेका छन् ।आज एकसय ३२ जना निको भएर डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म छहजार ५४७ डिस्चार्ज हुनुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.