मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण - pharaksandesh.com

मुख्य समाचार


Sunday, 5 July 2020

मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण

काठमाडौँ, २१ असार : मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आइतबार बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ । 

काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयाे ।

मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीको भनाइ छ ।

मेलम्चीको सुरुङ निर्माणको काम सकिएको र परीक्षणको काम बाँकी रहेको मन्त्री  विना मगरले यसअघि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा बताउनुभएकाे थियाे ।

आगामी आर्थिक वर्षमा लागि मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मगरले मेलम्चीमाथि उठेका प्रश्नको अन्त्य गर्ने बेला आएको बताएकी थिइन् ।

वर्षौंदेखि विवादित रहेको मेलम्ची आयोजना सम्पन्न हुने क्रममा रहेको मन्त्रालयका अधिकारीले दाबी गर्दै आएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.