चन्द्रागिरि हिल्सले शेयर निष्कासन गर्ने - pharaksandesh.com

मुख्य समाचार


Sunday, 5 July 2020

चन्द्रागिरि हिल्सले शेयर निष्कासन गर्ने

काठमाडौँ, २१ असार : नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्नेसम्बन्धी सम्झौता भएको छ । चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार नौ सय १० कित्ता शेयरको रु १८ करोड ४० लाख ९१ हजार बराबरको शेयर निष्कासन गर्ने सम्झौता आज भएको हो । 

कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सका तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको कोषले जनाएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.