कुलमान घिसिङलाई पितृशोक - pharaksandesh.com

मुख्य समाचार


Monday, 6 July 2020

कुलमान घिसिङलाई पितृशोक

काठमाडाैँ, २२ असार : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ ।

घिसिङका बुबा कृपासिंह घिसिङको ९८ वर्षको उमेरमा गएराति काठमाण्डौमा निधन भएको हो । कुनै दीर्घरोग नलागेका घिसिङ सुकेधारास्थित निवासमा गएराति एक्कासी बेहोस हुनुभएको थियो, तत्कालै मेडिकेयर अस्पताल लगिए पनि अस्ताताले उहाँलाई मृत घोषणा गरेको परिवारले जनाएको छ ।

उहाँका कुलमान घिसिङसहित ६ जना छोरा र तीन जना छोरी हुनुहुन्छ । उहाँको स्वयम्भूमा आजै अन्त्येष्टि गरिंदैछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.