नेकपा स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित - pharaksandesh.com

मुख्य समाचार


Thursday, 2 July 2020

नेकपा स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित

काठमाडाैँ, १८ असार : नेकपा स्थायी कमिटीकाे जारी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । आज एकैदिन दुइपटक बसेको बैठक हाल देखिएको पार्टी एकताको संकट समाधानको लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल गर्ने भन्दै एक दिनको समय राखेर बैठक स्थागित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार दुई दिनसम्म पार्टी भित्रको आन्तरिक समस्या समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डसँगै अन्य नेतासँग छलफल हुने बताउनुभयो । छलफलपछि स्थायी कमिटी बैठकमा पार्टी एकतालाई सुदृढ पार्नेगरी निर्णय हुने उहाँको भनाइ छ। प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पूर्व निर्धारित कार्यसूचीमा केशव बडाल र अमृत बोहोराले मात्र धारणा राख्नुभएको थियो । बैठकमा सरकारले संसदको चालु अधिवेशन अन्त्य र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’ले राष्ट्रपतिसँग गर्नुभएको भेट र पछिल्ला राजनीतिक गतिविधिमाथि छलफल भएको श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीसँग अध्यादेशको विषयमा कुरा नभएको प्रष्ट पार्नुभएकोसमेत श्रेष्ठले जानकारी दिनुभयो । 

बिहीबार बिहान नै पार्टीका अर्का अध्यक्ष प्रचण्डले चलाएको बैठक केहीबेरको लागि स्थगित भएको थियो, प्रचण्डले पनि राष्ट्रपतिलाई भेटेपछि ३ बजे फेरि सुरु भएको बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित हुनुभएन । बैठकमा प्रचण्डले मात्रै धारणा राख्नुभएको थियो । प्रवक्ता श्रेष्ठका अनुसार शनिबार ११ बजे बस्नेगरी बिहीबारको बैठक स्थगित भएको हो।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.