नेकपा स्थायी कमिटी बैठक फेरि सुरु - pharaksandesh.com

मुख्य समाचार


Thursday, 2 July 2020

नेकपा स्थायी कमिटी बैठक फेरि सुरु

काठमाडौँ, १८ असार : केही घन्टा स्थगित भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि सुरु भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको निर्णयपछि बैठक केहीबेरलाई स्थगित भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार अहिले अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड बोल्दैहुनुहुन्छ । 

बैठक स्थगित भएपछि प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष दाहालबीच केहीबेर छलफल भएको थियो ।

छलफल सकारात्मक नभएपछि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएकाे थियाे । उहाँ फर्केपछि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली भने उपस्थित हुनुहुन्न। ओलीले बैठक स्थगित गरेर नेताहरूबीच छलफल हुनुपर्ने बताउनुभएकाे जनाइएकाे छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिले संसद्को चालु अधिवेशन अन्त्य गर्नुभएकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.