काँग्रेसद्वारा सलहको रोकथामका लागि संसद्मा सङ्कल्प पेश - pharaksandesh.com

मुख्य समाचार


Thursday, 2 July 2020

काँग्रेसद्वारा सलहको रोकथामका लागि संसद्मा सङ्कल्प पेश

काठमाडौँ, १८ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सलहको न्यूनीकरण र रोकथामका लागि प्रतिनिधिसभामा सङ्कल्प पेश गरेको छ । कुनै पनि रोगव्याधि, कीटाणु र कीराफट्याङ्ग्रा आदिले समेत मानिसलगायत बालीनालीमा पु¥याउने असर पूर्वानुमान हुँदाहँुदै पनि सतर्कता नपनाएको जनाउँदै पार्टीले त्यसतर्फ सरकारलाई सचेत र सजग बनाउन सङ्कल्प पेश गरिएको जनाएको छ । 

काँग्रेस सांसद डा डिला सङ्ग्रौला, पद्मनारायण चौधरी र मीना सुब्बाले आज कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सङ्कल्प पेश गर्ने अनुमतिका लागि प्रतिनिधिसभामा सूचना दिँदै सलहको बथान रोकथाम र नियन्त्रण गर्ने प्रक्रिया अवलम्बन गर्न, स्थानीय कृषक– प्राविधिक विशेषज्ञ– तीन तहका सरकारका अङ्ग परिचालन भई कीरा नष्ट गर्न र खाद्यान्न एवंद्य बालीनालीमा क्षति हुन नदिनका लागि विशेष कार्यक्रम सञ्चालन गर्न सङ्कल्प पेश गरिएको जनाउनुभएको छ । 

यसैगरी सलहको बथानले कृषि बालीमा पु¥याएको नोक्सानीमा सरकारका तर्फबाट क्षतिपूर्ति व्यवस्था गर्न तथा बेलाबखतमा देखापर्ने कीरा तथा किटाणुबाट बालीनालीलाई संरक्षण गर्न एवं कृषक वर्गमा सचेतना फैलाउनाका साथै आवश्यक कीटनाशक औषधिसमेत प्रदान गर्न सङ्कल्प पेश गर्नुपरेको सांसद सङ्ग्रौलाले बताउनुभयो । 

भारतको सीमा क्षेत्र हँुदै यही असार १३ गतेदेखि नेपालमा प्रवेश गरेको सलह अहिले पहाडी र हिमाली क्षेत्रका करीब ५२ जिल्लामा प्रवेश गरिसकेको छ । सलहको फैलावट केन्याबाट सोमालिया, ताञ्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपिया, खाडी मुलुक, इरान, पाकिस्तान हुँदै भारतको उत्तर प्रदेश र विहार हुँदै नेपालमा भित्रिएको देखिन्छ ।

यही असार १३ देखि १६ गतेसम्मसम्मको तथ्याङ्क हेर्दा मकवानपुरमा करीब १० लाख सलह भित्रिएर एक हजार रोपनीका मकैबालीमा बसेका छन् । त्यसैगरी चितवनमा करीब एक लाख तथा सिन्धुलीमा दुईदेखि तीन लाखसम्म सलहको बथान जङ्गलमा बसेका छन् । रुपन्देहीमा पाँचदेखि सात लाख, पाल्पामा चारदेखि पाँच लाख, स्याङ्जामा ५० हजार, दाङमा करीब चार हजार, कपिलवस्तुमा सात हजार, प्यूठानमा एक हजार, कास्कीमा एकदेखि दुई लाख, पाँचथर र कैलालीमा एकएक सय सलहको झुण्ड भित्रिएका छन् । 

यही असार १५ गते करीब १२ लाख सलहको ठूलो झुण्ड दाङदेखि रोल्पासम्म पुगेको छ । काठमाडौँ उपत्यकामा पनि मङ्गलबार सलहको ठूलो झुण्ड देखिएको थियो । यसको करीब एक चौथाइ ललितपुरमा पनि प्रवेश गरेको देखिएको छ । यसरी विभिन्न जिल्लामा प्रवेश गरेको सलहको बथान अविलम्ब नियन्त्रण गर्न सकिएन भने खेतीपातीलाई ठूलो क्षति पु¥याएर भयावह स्थिति निम्तिने सम्भावना रहेको सङ्कल्पमा उल्लेख छ । कृषि विशेषज्ञका अनुसार यो जीवले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पु¥याउँछ । दिनमा एउटा कीराले आफ्नो शरीरको तौल बराबर अर्थात् दुई ग्राम बालीनाली खान्छ । 

सलहले भारतमा ठूलो क्षति गरिरहँदा नेपालमा पनि आउन सक्ने आकलन गरी सरकारले गत जेठ ३० गते गठन गरेको प्राविधिक कार्यदलले मनसुन शुरु भएपछि सलह नेपाल नआउने अनुमान गरी प्रतिवेदन बुझाएको केही दिनमै सलह मुलुकभित्र प्रवेश गरेको हो । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.