नेप्सेमा नकारात्मक सर्किट - pharaksandesh.com

मुख्य समाचार


Thursday, 2 July 2020

नेप्सेमा नकारात्मक सर्किट

काठमाडौँ, १८ असार : कूल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोवार स्थगित गरेको छ । मंगलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका लागि कारोवार स्थगन गरेको हो । 

स्टकका अनुसार आज नेप्से ८०.४१ बिन्दु अर्थात ६.०२ प्रतिशतले ओरालो लागेर एक हजार २५६.११ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १७।९९ बिन्दु अर्थात ६।२७ प्रतिशतले ओरालो लागेको छ । कूल १४२ कम्पनीको कूल १० लाख ६१ हजार ८९० कित्ता शेयर रु ४७ करोड ६६ लाख ५४ हजार ९७१ मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका कूल ११ उपसमूह मध्ये आज सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । लगानी कोष ०.०१ ले बढ्दा बैंकिङ ८७.१४, होटल १२८.३७, विकास बेंक ७६.३५, जलविद्युत् ३४.९५, वित्त ०.०३, निर्जीवन बीमा १७८.३१, उत्पादन १२८.५२, अन्य ३१.३९, लघुपित्त ७१.२६ र जीवन बीमा ६०८.६१ ले घटेको स्टकले जनाएको छ । 

स्टकका अनुसार कारोबारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु छ करोड छ लाख ८२ हजार १२५ बराबरको भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड ५३ हजार १७५, हिमालयन डिस्टिलरी रु तीन करोड ८४ लाख ३७ हजार २६५, एनआइसि एशिया बैंक रु दुई करोड १८ लाख ३२ हजार ३५७, नागरिक लगानी कोष रु दुई करोड दुई लाख ६५६, एनएमबी बैंक रु एक करोड ९६ लाख ९० हहजार १३६ र नेपाल इन्भेस्टमेन्ट बैंकको रु एक करोड ७८ लाख ७० हजार ४७९ बराबरको कारोवार दुई शीर्ष स्थानमा रहे । 

घटेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था ८.०७, गुर्खाज फाइनान्स ३.८१, गुडविल फाइनान्स ३.३८, नेपाल पुर्नबीमा कम्पनी ३.१७, मितेरी डेभलपमेन्ट बैंक ३.०१ र स्पर्श लघुवित्त वित्तीइ संस्थाका शेयरधनीले २.१० प्रतिशतले कमाए । त्यस्तै, सोल्टी होटल १०, प्रभु बैंक ९.९२, हिमालयन डिस्टिलरी ९.२७, लाइफ इन्स्योरेन्स कम्पनी ९.१५, ग्लोबल आइएमइ बैंक ९.१३, एशियन लाइफ इन्स्योरेन्स ८.८०, नेपाल बैंक ८.४६, नेपाल लाइफ इन्स्योरेन्स ८.३३ र एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.३३ प्रतिशतले गुमाएका थिए । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.