काठमाडौं, २१ असार : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा अोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा बार्ता शुरुभएको छ । भोलि विहान सोमबार ११ बजेका लागि स्थायी कमिटी बैठक डाकिएकाले दुई अध्यक्षबीचको आजको वार्तालाई महत्वकासाथ हेरिएको छ ।
दुई अध्यक्षबीच सहमतिको साझा विन्दु खोज्ने प्रयासस्वरुप मध्यान्ह १२ः३० मा शुरुभएको वार्तामा थप दुई–दुईजना नेताहरु सहभागी हुनुहुन्छ । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार अध्यक्ष ओलीकोतर्फबाट महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल वार्तामा हुनुहुन्छ ।
त्यस्तै, अर्का अध्यक्ष प्रचण्डको तर्फबाट उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ बार्तामा हुनुहुन्छ । अध्यक्ष प्रचण्ड शितल निवासबाट सिधै बालुवाटार आउनु भएपछि बार्ता शुरुभएको हो । दुई अध्यक्षबीच गत शुक्रबार करिब तीन घण्टा चलेको बार्ताले वातावरण सकारात्मक बनाएपछि आजको बार्ताबाट निकास निस्कने आशा नेताहरुले गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरुभएको वार्तामा सहमतिको विभिन्न ‘मोडल’बारेमा छलफल हुने अनुमान गरिएको छ । गत मंसिर ४ गते भएको दुई अध्यक्षबीचको सहमतिअनुसार सहकार्य गरेर अगाडि बढ्ने प्रधानमन्त्री ओलीले यसअघि विकल्प दिइसक्नुभएको छ .

No comments:
Post a Comment