क्वारेन्टिनमा रहेका युवकको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Sunday, 5 July 2020

क्वारेन्टिनमा रहेका युवकको मृत्यु

गलकोट, २१ असार : क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । 

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिनुभयो । लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ । 

उनको पिसीआर रिपोर्ट अहिलेसम्म आएको छैन । रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने डा मल्लले बताउनुभयो । नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.