पेट्रोलमा ५ र डिजेलमा २ रुपैयाँ मूल्य बढ्यो - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 July 2020

पेट्रोलमा ५ र डिजेलमा २ रुपैयाँ मूल्य बढ्यो

काठमाडाैँ, १७ असार : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । मूल्यवृद्धिपछि काठमाडाैँ उपत्यकामा पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.