खोलामा डुबेर एकको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 July 2020

खोलामा डुबेर एकको मृत्यु

मङ्गलबारे, १७ असार  : इलाममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ । देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

सोमबार दिउँसोदेखि हराइरहेका चापागाईँ मङ्गलबार उक्त खोलामा डुबेर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी टोली खटिएको थियो । 

आत्महत्या गरेको वा खोला तर्ने क्रममा मृत्यु भएको भन्नेबारे जानकारी नआइसकेको बताइएको छ । कसैले चापागाईँको मृत्यु गराएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.