राष्ट्रपति भण्डारीसँग भेटेर बालुवाटार फर्किए प्रचण्ड - pharaksandesh.com

मुख्य समाचार


Thursday, 2 July 2020

राष्ट्रपति भण्डारीसँग भेटेर बालुवाटार फर्किए प्रचण्ड

काठमाडौँ, १८ असार : राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब १ घन्टा भेटवार्ता गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" बालुवाटार फर्किनु भएकाे छ । बालुवाटारमा जारी स्थायी कमिटी बैठक स्थगित भएपछि प्रचण्ड बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास जानुभएकाे थियाे ।

प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार फर्किएसँगै नेकपा स्थायी कमिटी बैठक बस्ने कि स्थगित गर्ने भन्ने निर्णय हुनेछ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित गरेर पार्टीभित्रको विवादबारे छलफल गर्नुपर्ने माग गर्नुभएकाे छ । 

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटी बैठक पनि प्रभावित भएको हो । मन्त्रिपरिषद् बैठक बस्नु प्रधानमन्त्री ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास जानुभएकाे थियाे ।

असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.