शटर फोडेर चोरी गर्ने गिरोह पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 7 July 2020

शटर फोडेर चोरी गर्ने गिरोह पक्राउ

काठमाडाैँ, २३ असार : काठमाडाैँका विभिन्न सुनचाँदी पसलको शटर फोडेर चोरी गर्ने गिरोह पक्राउ परेको छ ।

मोरङ उर्लाबारीबाट सुमित भन्ने गङ्गाबहादुर तामाङ र बुद्ध बहादुर माझीलाई पक्राउ गरी काठमाण्डौ ल्याइएको छ । त्यस्तै विक्रम भन्ने जङ्गबहादुर माझी दरबारमार्गबाट पक्राउ परेका छन् । उनीहरुले कागज/बोतल उठाउने हुलिया बनाएर पसलको निगरानी गर्ने अनि रातको समयमा चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।

काठमाण्डौकाे लाजिम्पाटमा दिलीपकुमार श्रेष्ठले सञ्चालन गरेको पसलबाट एक किलो एक सय ५० ग्राम बराबरका सुनका गरगहना, आठ किलो पाँच सय ६० ग्राम बराबरका चाँदीका गरगहना र नगदसमेत गरी ८५ लाख ८५ हजार ६ सय ४२ रुपैयाँ बराबरको चोरी गरेको अपराध महाशाखाले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.