धुवा लगाएर सलह भगाउन क्रममा आगलागी - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 July 2020

धुवा लगाएर सलह भगाउन क्रममा आगलागी

दीपक एम.सी.
प्युठान, १७ असार : धुवा लगाएर सलह भगाउने क्रममा आगलागी भएकाे छ । झिमरुक गाउँपालिका-३, आफ्रेखोलामा धुवा लगाएर सलह भगाउन आगो बाल्ने क्रममा एक गोठ जलेर पूर्णरुपमा नष्ट भएको हाे।

करिब दिउँसो १ बजेतिर बारीमा आएका सलह भगाउनका लागि आगो बाल्दा आफ्रेखोला निवासी कल्पना जि सी को गोठमा आगलागी भएको हो। उहाँ बारीमा सलह लखेट्दै गर्दा उहाँका १० वर्षीय छोराले आगो बाल्दै गर्दा गोठमा आगो सल्किएकाे थियाे । गोठमा रहेका घाँस, दाउरा, पराल सहित गोठ पूर्णरुपमा नष्ट भएको छ। 

जिसी भन्नुहुन्छ- "सलहबाट मकै बाली बचाउन लाग्दा लाखौको क्षति भयो। बरु मकै सलहले खाएको भए कम क्षति हुन्थ्यो, गोठ बच्दथ्यो।" नजिकैमा रहेको घरमा समेत आगो सल्किन लाग्दा स्थानीयहरुले सहयोग गरेर घर बचाउन सफल भएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.