मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयकाे निर्देशन - pharaksandesh.com

मुख्य समाचार


Monday, 6 July 2020

मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयकाे निर्देशन

काठमाडाैँ, २२ असार : गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले रिमाइन्ड मात्र गरिएको गृह प्रवक्ता केदारनाथ शर्माले बताउनुभयाे  । 

उहाँले भन्नुभयाे, ‘प्रहरी प्रधान कार्यालय र सिडिओ कार्यालयलाई थप प्रभावकारी बनाउन भन्दै रिमाइन्ड गरिएको हो । यो अहिले गरिएको निर्णय नभइ पुरानै हाे ।’

एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएपनि कार्यान्वयन नभएको प्रवक्ता शर्माको भनाइ थियो । सोही अनुरुप निर्देशन गरिएको शर्माले बताउनुभयाे ।

निर्देशन अवज्ञा गर्नेमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने शर्माले जानकारी दिनुभयाे । यो नियम सोमबारदेखि लागू भइसकेको उहाँले बताउनुभयाे ।

यस विषयमा गृह मन्त्रालयले नेपाल प्रहरीलाई निर्देशन पनि दिइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

भौतिक दुरी कायम राख्ने, धेरै मानिस भेला हुन नपाउनेलगायतका स्वास्थ्य मापदण्ड सबैले पालना गर्नुपर्ने र त्यसो नभएमा कारबाही हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.