काठमाडौँ, १८ असार : भारतको राजस्थानमा वैवाहिक कार्यक्रम सम्पन्न गरेको परिवारले अप्रत्याशित रुपमा अतिरिक्त खर्च गर्नुपरेको छ । विवाहमा पाहुनाको रुपमा आएका १६ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएकोमा एकजनाको मृत्यु भयो ।
स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले सुरक्षा कानूनको उल्लंघन गरेको ठहर गर्दै बेहुलाको परिवारलाई छ लाख जरिवाना तिर्नुपरेको उल्लेख गरेको छ। कोरोना सङ्क्रमको बेला वैवाहिक कार्यक्रममा अधिकत्तम ५० जना पाहुना सहभागी हुन पाउने व्यवस्था गरिएको छ । तर उक्त उत्सवमा कम्तिमा एक हजार पाहुना सहभागी भएका थिए ।
बेहुलाको परिवारले सङ्क्रमित १५ जना र क्वारेन्टाइनमा रहेका ६० जनाको उपचार खर्च तिर्नुपर्नेछ । जसमा आइसोलेशन वार्ड र अन्य सेवामा लाग्ने खानासहित खर्च समेत जोडिनेछ ।
यसअघि गत् साता मात्रै भारतको बिहार राज्यमा एक विवाह उत्सवमा सहभागी एकसय जना पाहुनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । लक्षण देखिएको बेहुलीको भने विवाह भएको भोलीपल्टै मृत्यु भएको थियो ।

No comments:
Post a Comment