म्यानमारमा पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु, कैँयौ बेपत्ता भएको आशङ्का - pharaksandesh.com

मुख्य समाचार


Thursday, 2 July 2020

म्यानमारमा पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु, कैँयौ बेपत्ता भएको आशङ्का

याङ्गुन, १८ असार : म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 

हपाकांत टाउनशिपको साटेमु गाउँमा रहेको जेड खानी साइटमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएको बताइएको छ । खानी साइडमा काम भइरेहको यस अवस्थामा कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरोले उनीहरुलाई पुरेको आशङ्का गरिएको छ । तर यस विषयमा थप जानकारी आउन भने बाँकी रहेको छ । 

सन् २०१६ को नोभेम्बर पनि उक्त साइडमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको थियो । बिहीबारको पहिरोको बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ । केही दिन यतादेखि सो क्षेत्रमा अविरल रुपमा वर्षा भइरहेको छ । वर्षापछि सो स्थानमा पहिरो आएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । 

त्यस स्थानमा पहिरोमा परी कति जना मानिस पुरिएका छन् भन्ने बारेमा अझै पनि यकिन नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।(रासस/सिन्ह्वा)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.