कार्यविधि पेश गर्न स्वीकृति - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 July 2020

कार्यविधि पेश गर्न स्वीकृति

विराटनगर, १७ असार : प्रदेश सेवाका कर्मचारी पदस्थापन तथा सरुवासम्बन्धी कार्यविधि, २०७६ दोस्रो संशोधन गर्न बनेको कार्यविधिलाई स्वीकृति प्रदान गरिएको छ । प्रदेश नं १ सरकार मन्त्रिपरिषद्को मङ्गलबार साँझको बैठकले प्रदेश प्रहरीसम्बन्धी विधेयक, २०७७ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । 

बैठकले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई संशोधन गर्न, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीलाई क्वालिटी ल्याब परीक्षण सञ्चालन गर्न अनुमति दिएको र प्रदेश सरकारका तर्फबाट यस प्रदेशमा प्रदेशस्तरीय स्वास्थ्य ल्याब परीक्षण गर्न सामाजिक विकास मन्त्रालयलाई अनुमति दिएको प्रवक्ता कार्कीले बताउनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.