धनुषामा मृतक २ जनाकाे लक्षण काेराेनासँग मिल्दाेजुल्दाे - pharaksandesh.com

मुख्य समाचार


Sunday, 9 August 2020

धनुषामा मृतक २ जनाकाे लक्षण काेराेनासँग मिल्दाेजुल्दाे

धनुषा, २५ साउन : धनुषामा कोरोना भाइरससँग मिल्दाेजुल्दाे लक्षण देखिएका दुई जनाकाे मृत्यु भएकाे छ ।

जनकपुरधाम उपमहानगरपालिका २ मा रहेको विनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुष र शहीद नगरपालिका ८ का ५० वर्षीय पुरुषको ज्यान गएको हो । उहाँहरुलाई ज्वरो, रुघाखोकीका साथै श्वासप्रश्वासमा समस्या भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मृत्यु भएका दुवै जनाकाे कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा स्वाब सङ्कलन गरिएको भट्टराईले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.