काठमाडौँ , २५ साउन : ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले अनसन तोड्नुभएको छ ।
अभियन्ताले २३ औं दिनमा अनसन तोड्नुभएको हो । सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आज आमरण अनसन तोड्नुभएको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले अभियन्ता ईः लाई पानी पिलाएर अनसन तोडाउनुभएको हो ।
आन्दोलनरत ईः र स्वास्थ्य मन्त्रालयबीच १२ बुँदामा सहमति भएको छ ।
अनसन तोडिएपछि इनफ इज इनफले जारी गरेको प्रेस विज्ञप्तिमा युवाहरुको स्वतःस्फूर्त अभियानको उपलब्धीस्वरुप पीसीआर परीक्षणको संख्या र दायरा वृद्धि भएको, कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका तथा कार्यविधिहरुको कार्यान्वयन, प्रचारप्रसार गर्ने गराउने काममा सकारात्मक पहल भएको उल्लेख छ।

No comments:
Post a Comment