ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 5 August 2020

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लहान, २१ साउन  : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा सोमबार साँझ ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ७४०२ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको स४प ७२१० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–३ निवासी २१ वर्षीय देविन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते चालक यादवलाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी मोटरसाइकमा पछाडि सवार धनुषाको धनुषाधाम निवासी २३ वर्षीय बालकृष्ण यादव घाइते हुनुभएको थियो । उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.