पर्सामा ज्यान गुमाएकी युवतीमा कोरोना पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 5 August 2020

पर्सामा ज्यान गुमाएकी युवतीमा कोरोना पुष्टि

वीरगन्ज, २१ साउन : नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जमा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालमा मंगलबार राति गरिएको परीक्षणमा उहाँको स्वाब नमुनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयाे ।

झाडापखालाले सिकिस्त भएपछि उहाँलाई गएको सोमबार उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै ज्यान गएको थियो । त्यही दिन उहाँको स्वाब संकलन गरी परीक्षणको लागि वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा पठाइएको थियो ।

पर्साको पोखरिया नगरपालिका–९ की ती युवतीलाई सोमबार पटकपटक बान्ता भएपछि अस्पताल लगिएको थियो । अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको चिकित्सकले बताएका छन् ।

त्यसपछि शव अस्पतालमै राखेर स्वाब संकलन गरी परीक्षणका लागि नारायणीको प्रयोगशाला पठाइएको डा. उपाध्यायले जानकारी दिए । साउनयता पर्सामा १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.