बिर्तामोड, १८ साउन : बिर्तामोड नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेकाे छ । बिर्तामोड नगरपालिका आइतबार राती १२ बजेदेखि लकडाउन गर्ने निर्णय भएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले बताउनुभयो ।
बिर्तामोड नगरपालिकाका एक महिला प्रहरीमा कोरोना सङ्क्रमित भएपछि बजरंग मेडिकल हलसहित केही पसलमा सिल गरिएको छ । यस अघि अर्जुनधारा नगरपालिकाले लकडाउन गरिसकेकाे छ ।
यता प्रदेश १ मा आज थप २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । सामाजिक विकास मन्त्रालयकाे काेभिड–१९ अध्यावधिक अपडेटमा संक्रमितहरू मध्ये २२ जना पुरूष र ५ जना महिला रहेकाे उल्लेख गरेकाे छ ।
मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि माेरङमा १६ जनामा संक्रमण देखिएकाे छ । विराटनगरमा ४ महिला र ८ पुरूषमा संक्रमण देखिएकाे छ । त्यस्तै माेरङका अन्य तीन स्थानिय तह बुढिगंगामा १ जना पुरूष, कटारीमा २ जना पुरूष र ग्रमथानमा १ जना पुरूषमा संक्रमण देखिएकाे हाे ।
उता सुनसरीमा ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । सुनसरीमा धरानका १ महिला र ८ पुरूष गरी ९ जनामा संक्रमण देखिएकाे छ । त्यस्तै बराहक्षेत्र र इटहरीमा एक –एक पुरूषमा पनि संक्रमण देखिएकाे छ ।
प्रदेश १ मा आज ७ जना काेराेना संक्रमित निकाे भएर घर फर्कीएका छन् । घर फर्केकाहरू मध्याे झापाकी १ जना महिला, माेरङका २ जना महिला र २ जना पुरूषका साथै सुनसरीका २ जना महिला रहकाे मन्त्रालयकाे अपडेटमा उल्लेख गरिएकाे छ । अपडेटका अनुसार आज १ हजार ९३ जनामा गरिएकाे परिक्षणका २७ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
अपडेटमा हाल सम्म प्रदेश १ मा १ हजार ६५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे उल्लेख गरिएकाे छ । जसमा ६ जना स्थाइ ठेगाना प्रदेश १ बाहिरका रहकाे मन्त्रालयले जनाएकाे छ ।

No comments:
Post a Comment