भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस प्रवक्ताको कडा आपत्ति - pharaksandesh.com

मुख्य समाचार


Sunday, 9 August 2020

भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस प्रवक्ताको कडा आपत्ति

काठमाडौँ, २५ साउन : भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाउनुभएकाे छ । शर्माले ‘बुद्ध महान् भारतीय भएको’ भन्ने जयशंकरको अभिव्यक्तिप्रति ट्वीटर मार्फत् कडा आपत्ति जनाउनुभएकाे हाे ।

‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन्। त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ उहाँले लेख्नुभएकाे छ, ‘आवेगको जवाफमा आवेग’ पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पु¥याने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैन।’

प्रवक्ता शर्माले ‘आवेग’ले दुवै पक्षको हित नगर्ने बताउनुभएकाे छ। ‘आवेगको जवाफमा आवेग दुवै देशको हितमा छैन’, उहाँले लेख्नुभएकाे छ, ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्।’

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.