पार्टी अन्तरविरोधमा कसैलाई साथ दिइँदैन : नेकपा सांसद - pharaksandesh.com

मुख्य समाचार


Sunday, 9 August 2020

पार्टी अन्तरविरोधमा कसैलाई साथ दिइँदैन : नेकपा सांसद

काठमाडौँ, २५ साउन  : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का ६१ जना सांसदले हजारौँ शहीदको सहादत र लाखौँ कार्यकर्ताको त्याग र समर्पण विपरीत पार्टी नेतृत्वमा अन्तरविरोध देखा परेको भन्दै त्यस्ता प्रवृत्तिलाई आफूहरुले साथ दिन नसक्ने स्पष्ट पारेका छन् । सिंहदबारमा आज पत्रकार सम्मेलन गरी उनीहरुले पार्टीका नीति, कार्यक्रम, सिद्धान्त, लक्ष्य र उद्देश्य, सङ्गठनात्मक संरचनासम्बन्धी बहसभन्दा अन्य विषयमा केन्द्रित भइ शीर्ष नेतृत्व तहमा देखापरेको अन्तरविरोध कुनै पनि अर्थमा ग्राह्य र उपयुक्त नभएको बताएका छन् । उनीहरुले त्यस्तो प्रवृत्तिलाई कार्यकर्ताका तहबाट साथ र सहयोग हुन नसक्ने स्पष्ट पारेका छन् । 

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, “पार्टी एकीकरणको प्रक्रियालाई पूर्णता दिई देशव्यापी रुपमा सङ्गठन विस्तार गर्दै महाधिवेशनको तयारीमा लाग्नुपर्नेछ ।” कोभिड–१९ ले स्वास्थ्य र अर्थतन्त्रमा पारेको गम्भीर प्रभावका बारेमा समीक्षा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ । विज्ञप्तिमा भनिएको छ, “पार्टी नेतृत्व तहमा देखा परेका अन्तरविरोधले एकातिर आम नेपाली जनता, कार्यकर्ता मर्माहत भएका छन् भने अर्कातिर दुई कम्युनिस्ट पार्टीको एकता प्रक्रिया पूरा नहुँदै बिग्रहतिर जाने सम्भावना बढेर गएको छ ।” 

सिङ्गो नेपाली समाजको प्रगतिशील रुपान्तरण, मजबुद राष्ट्रिय एकता, सबल अर्थतन्त्रको निर्माण, वैज्ञानिक समाजवादी दिशाको यात्रामा अविचलित पाइला अगाडि बढाउनेतर्फ लाग्नुपर्नेमा सांसदले जोड दिएका छन् । नेकपाको एकतालाई अक्षुण राख्न र तार्किक निष्कर्षमा पु¥याउन सङ्घीय संसद्का तर्फबाट अपिल जारी गरिएको उनीहरुको भनाइ छ । यसरी अपिल जारी गर्नेमा सांसद अमनलाल मोदी, अञ्जना विसंखे, आशाकुमारी विक, इन्दुकुमारी शर्मा, कलिला खातुन, कल्याणीकुमारी खड्का, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, कृष्णलाल महर्जन, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, गोपीबहादुर अछामी र गोमा देवकोटा हुनुहुन्छ । 

यस्तै गौरीशंकर चौधरी, घनश्याम खतिवडा, चाँदतारा कुमारी, जयकुमार राई, जीवनराम श्रेष्ठ, झपटबहादुर रावल, तीर्था गौतम, थममाया थापा, दामोदर भण्डारी, दीपकप्रकाश भट्ट, धर्मशिला चापागाईं, ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नरबहादुर धामी, नवराज सिलवाल, नारदमुिन राना, नारायणप्रसाद खतिवडा र पदम गिरी हुनुहुन्छ । त्यस्तै पार्वतीकुमारी विशुन्खे, पुष्पाकुमारी कर्ण कायस्थ, प्ेम आले, विजय सुब्बा, भवानी खापुङ, भूपेन्द्र थापा, भैरवबहादुर सिंह, मनकुमारी जिसीलगायत ६१ सांसद रहनुभएको विज्ञप्तिमा उल्लेख छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.