बुद्धको जन्मस्थल नेपाल भन्ने कुरा निर्विवाद तथ्य हो: परराष्ट्र - pharaksandesh.com

मुख्य समाचार


Sunday, 9 August 2020

बुद्धको जन्मस्थल नेपाल भन्ने कुरा निर्विवाद तथ्य हो: परराष्ट्र

काठमाडौँ, २५ साउन : बुद्ध धर्मका ऐतिहासिक धरोहर नेपालका गौतम बुद्ध जन्मस्थलको बारेमा कुनै पनि प्रकारको बहस गर्नुपर्ने विषय नरहेको नेपाल सरकारले स्पष्ट पारेको छ ।

नेपालमा जन्मिएका गौतम बुद्धको बारेमा भारतका विदेशमन्त्री एस जयशङ्करले एक भर्चुअल सम्मेलनमा बुद्ध भारतका हुन् भन्ने टिप्पणी गरेलगत्तै नेपाल सरकारले गौतम बुद्ध यसरी बहस गर्नुपर्ने विवादित विषय नरहेको प्रष्ट पारेको हो ।

सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले आइतबार वक्तव्य जारी गर्दै गौतम बुद्ध नेपालको रहेको यथेष्ट भौतिक र लिखित प्रमाण जगजाहेर रहेको उल्लेख गरेको छ । “यो ऐतिहासिक र पुरातात्त्विक प्रमाणले प्रमाणित गरेको एक स्थापित र निर्विवाद तथ्य हो कि गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो ,” मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भन्नुभएको छ । साथै उहाँले बुद्धको जन्मस्थल बौद्ध धर्मको आधारशीला र युनेस्को विश्व सम्पदा स्थलहरूमध्येको एक हो भन्नेसमेत प्रष्ट पार्नुभएको छ ।

सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्नुभएका बेला व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै भन्नुभएको मन्त्रालयले स्मरण गराएको छ । नेपाल एक यस्तो देश को जहाँ विश्वमा शान्तिको प्रवर्द्धन गर्ने बुद्धको जन्म भएको थियो, मोदीले त्यो बेला भन्नुभएको थियो ।

“यो सत्य हो कि बौद्ध धर्म नेपालपछि संसारका अन्य भागहरूमा फैलियो । त्यसैले यो कुरा निर्विवाद छ र यो कुनै बहसको विषय हुन सक्दैन । अन्तराष्ट्रिय समुदाय पनि यस बारेमा जानकार छन् ।” मन्त्रालयले जारी गरेको वक्तव्यमा अगाडि भनिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.