प्रदेश २ का आन्तरिक मामिलामन्त्री यादवलाई कोराना संक्रमण - pharaksandesh.com

मुख्य समाचार


Thursday, 6 August 2020

प्रदेश २ का आन्तरिक मामिलामन्त्री यादवलाई कोराना संक्रमण

जनकपुरधाम, २२ साउन : प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बुधवार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवको कोरोना पोजेटिभ देखिए पनि उच्च तहका व्यक्ति भएकाले पुनः परीक्षण हुने काम भइरहेको प्रादेशिक प्रयोगशाला जनकपुरधामका प्रमुख डा. श्रवण मिश्रले जानकारी दिनु भएको छ ।

प्रयोगशाला प्रमुख डा. मिश्रले आज दिउसो २ बजे पुनः परीक्षणको रिपोर्ट आएपछि मात्र कोरोना पुष्टि गर्न मिल्ने उहाँले बताउनुभयो ।

मन्त्री यादवसंगै उहाँका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अङ्गरक्षक र एक जना सशस्त्र प्रहरीका जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले जानकारी दिइएको छ । मन्त्री यादवको स्वास्थ्य अवस्था स्वास्थ्य सामान्य छ ।

मन्त्री यादव हाल आफ्नो निवासको होम आइसोलेसनमा रहनु भएको छ ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का शाखा अधिकृत सहित ६ जना कर्मचारीमा कोरोनाको सङ्क्रमणको पुष्टि भएपछि प्रदेश सरकारमा रहेका मन्त्रीहरू, राज्यमन्त्री सहित उच्च अधिकारीहरूको पनि स्वाब सङ्कलन गरेर परीक्षण गर्ने काम भइरहेको छ ।

मन्त्री यादव अस्ति मात्र सशस्त्र प्रहरीको बर्दिबासमा रहेको गणमा आयोजना गरिइएको कार्यक्रममा सहभागी हुनु भएको थियो । उहाँ कोरोना महामारीको नियन्त्रणको अभियानमा निक्कै सक्रिय रहनु भइरहेको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.