वीरगन्ज, २२ साउन : नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पीसीआर परीक्षणमा एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार ६ महिलासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
४३ जना संक्रमितमध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् । संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएकाे थियाे भने ७ जनाले आफैँ पैसा तिरेर स्वाब परीक्षण गराएका थिए ।
मास ट्रेसिङका ६ जना र कन्ट्याक्ट ट्रेसिङका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको शल्यक्रिया विभागका एक स्टाफसहित स्टाफ परिवारका दुई जनामा पनि संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि हुनेमा वीरगन्ज महानगरपालिका– १० अशोकवाटिका निवासी नारायणी अस्पतालमा डायलसिस गराउँदै आएकी ३५ वर्षीया महिला पनि हुनुहुन्छ । त्यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
साउनयता पर्सामा ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् भने सोही अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

No comments:
Post a Comment