तीज गीत
![]() |
| कमला गौतम |
तीज आयो दिदी बैनि मनमा खुशी भएन
नाच्न हाँस्न छैन अहिले हुन्न भेटन्।
कुन सारी लगाउ तीजमा ऐले मैले भनिन
रहिछ ठुलो शरीर आमा गरौ जतन
चार मैना लक्डाउनले भित्रभित्रै थुनायो
कतै पनि जान छैन अझ बढायो।
अहिलेको तीजमा साथी भेट हुन हरायो
मनाउ तीज घरघरै डर गरायो।
कुन सारी लगाउ तीजमा ऐले मैले भनिन
रहिछ ठुलो शरीर आमा गरौ जतन
चार मैना लक्डाउनले भित्रभित्रै थुनायो
कतै पनि जान छैन अझ बढायो।
अहिलेको तीजमा साथी भेट हुन हरायो
मनाउ तीज घरघरै डर गरायो।
कोरानाले छाइरह्रो तीज मनाउन दिएन
यस्तो रोग आउला भन्ने मनमा थिएन।
देश विदेश जताततै संसारमा छायो यो
कति लयो कोरोनाले कति समायो।
परदेशीको कुरा आमा गरिसक्नु छैन
यहाँ पनि बेहाल भयो राम्रो भएन!
परदेशबाट दाजु आए क्वारेनटाइन राखियो
रुदै रुदै बचाउ भनि भगवान भाकियो।
कोहि मरे झुन्डिएर के बताउ खै कहानी
मर्का पिर कति आमा दुःख जहाँ नी।
क्वारेनटाइन भन्ने पनि कस्तो ठाँऊ गरायो
फोहोर रे बिना पानी ज्यूँदै मरायो।
एक्कासीको लक्डाउनले मर्का पर्यो सबैलाई
मजदुर जति बाटा लागे हिड्दै बलिलै।
सयौ कोष बाटो हिडे भनि सक्नु छैन
दुःखी गरीब मारमा परे सुनेँ बयान।
देश भरी परीक्षाको तयारी थ्यो गरन
कोरोनाले रोकिदियो हुदै भएन।
अस्तव्यस्त भयो सबै मन पनि डरायो
भएको नी काम छाडि भित्र गरायो।
यस्तो रोग आउला भन्ने मनमा थिएन।
देश विदेश जताततै संसारमा छायो यो
कति लयो कोरोनाले कति समायो।
परदेशीको कुरा आमा गरिसक्नु छैन
यहाँ पनि बेहाल भयो राम्रो भएन!
परदेशबाट दाजु आए क्वारेनटाइन राखियो
रुदै रुदै बचाउ भनि भगवान भाकियो।
कोहि मरे झुन्डिएर के बताउ खै कहानी
मर्का पिर कति आमा दुःख जहाँ नी।
क्वारेनटाइन भन्ने पनि कस्तो ठाँऊ गरायो
फोहोर रे बिना पानी ज्यूँदै मरायो।
एक्कासीको लक्डाउनले मर्का पर्यो सबैलाई
मजदुर जति बाटा लागे हिड्दै बलिलै।
सयौ कोष बाटो हिडे भनि सक्नु छैन
दुःखी गरीब मारमा परे सुनेँ बयान।
देश भरी परीक्षाको तयारी थ्यो गरन
कोरोनाले रोकिदियो हुदै भएन।
अस्तव्यस्त भयो सबै मन पनि डरायो
भएको नी काम छाडि भित्र गरायो।
जताततै फैलिएर फेरि पनि त्यस्तै छ
माइतिघर जान पनि डर हुदै छ।
टाढा टाढा बसाई होस् नछुनु है कसैले
मास्क लगाउ नियम गरौ हामी सबैले।
तातो तातो खानुपर्छ चिसो नहोस् ज्यानमा
शान्ती मनमा ल्याउन छ बसौ ध्यानमा।
माइतिघर जान पनि डर हुदै छ।
टाढा टाढा बसाई होस् नछुनु है कसैले
मास्क लगाउ नियम गरौ हामी सबैले।
तातो तातो खानुपर्छ चिसो नहोस् ज्यानमा
शान्ती मनमा ल्याउन छ बसौ ध्यानमा।
हात धुन कति भनु पर्छ केहि छोए त
धोउ हात सबै सधै आफ्नै भलाई छ ।
एकजुट भई हटाउ आपतमा छौ हामी
भगाऊ न छ कोरोनाको बुझौ जनता नी!!
धोउ हात सबै सधै आफ्नै भलाई छ ।
एकजुट भई हटाउ आपतमा छौ हामी
भगाऊ न छ कोरोनाको बुझौ जनता नी!!
कमला गौतम
काठमाडौँ
काठमाडौँ

No comments:
Post a Comment