गजल
![]() |
| कमला गौतम |
तीजकी चेली असाध्यै राम्री लगाई सारीमा
देखिन राम्रो अध्यारो मन तीजकी नारीमा
आँउछु आमा लडदै र पड्दै लुकेर भए नी
भनैकि थिए खानको मन दहि त्यो कारीमा
किनेर खान पर्दैन होला तरकारी फलेमा
फर्सीमा मिठो करेली सोस्ता छन की बारीमा
घास र पात गरौला आमा मिलेर सबैले
सिचाई भन्दै दरको दिन नजानु टारीमा
मनमा रोयो सबैको ऐले यस्तो छ समय
देख्दछु म त सन्नाटा लाग्यो वारी र पारीमा
तीजको दिन कहाँ र जानु बसौला घरैमा
ब्रतमा खान पाकेका छन् कि केरा त्यो घारीमा
कमला गौतम
काठमाडौँ!!

No comments:
Post a Comment